– भक्तराज रसाइली

काठमाण्डौ । दुई दशकदेखि सेयरबजारमा सक्रिय एक युवा लगानीको रोचक संघर्ष आज यहाँ प्रस्तुत गर्न गइरहेका छौँ। विद्यार्थी जीवनबाट विद्यार्थी नेताहुँदै कसरी उनी सेयर बजारमा प्रवेश गरे भन्ने विषयमा हामी यहाँ खोतल्न गइरहेका छौँ। 

आजका हाम्रा पत्र हुन्, दीपक कार्की । मोरङको पथरी स्थायी बासिन्दा कार्की हाल काठमाण्डौको कपनमा बसोबास गर्छन् । कार्की सेयर बजारमा झन्डै दुई दशकदेखि आबद्ध छन् । उनी पूूर्णकालीन लगानीकर्ता हुुन् । उनी नेपाल बंगलादेश बैंकमा सञ्चालकसमेत छन्। 

बुवाको वकिल बनाउने सपना पूूरा गर्न १६ वर्षकै छँदा कार्की २०४५ सालमा राजधानी आए । दिउँसोमात्र कानुन विषयको पढाइ हुुने भएकोले रोजगारी गर्दै पढ्नुुपर्ने बाध्यताका कारण उनले पढेनन्। आरआर क्याम्पसमा रात्रीकालीन कक्षामा भर्ना भई राजनीतिक विषयमा प्रमाणपत्र तह अध्ययन थालेका कार्कीले दिउँसो काम खोज्दाखोज्दै बेरोजगारमै दुई वर्ष बिताए।

राजनीतिक पृष्ठभूमि भएको किसान परिवारका कार्की २०४७ सालमा सोल्टी होटलमा रिसेप्सनमा रोजगारी गर्न थाल्छन्। ‘सरकारी तलबभन्दा आकर्षक तलब भएकाले अध्ययन खर्च, लवाइखवाइ र अलिअलि बचत पनि गर्न पुुग्थ्यो’, कार्कीले हास्दै भने, ‘त्यही पैसाले अलिअलि राजनीति पनि गर्न पुुग्न थाल्यो।’

चावहिलको पशुपति बहुुमुुखी क्याम्पसमा बिहान बीए अध्ययन गर्र्दै विद्यार्थी राजनीतिमा कार्की सक्रिय हुुन थाले । नेविसंघको साधारण सदस्य २०५२ सालमा लिएर नेतृत्व विकास गर्न उनले क्याम्पसमा स्ववियु स्थापना गर्ने सोचे। २०५५ साल फागुुन १४ गते स्ववियु निर्वाचनमा भाग लिन पुुगेका उनी सभापति पदका लागि लडे। बहुुमतले विजय पनि प्राप्त गरे अनि उनले स्ववियु चलाउन थाले। 

कार्कीको राजनीतिक सक्रियता बढ्दै थियो। २०५७ सालमा नेविसंघको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ३ भोटले उनी हारे। पछि प्रचार विभागको सचिवको जिम्मेवारी पाएका उनले स्नातक तहको अध्ययन र जागिरलाई पनि निरन्तरता भने दिइने रहे।

स्ववियु सभापतिका लागि २०५७ सालमा क्याम्पसमा लड्दा कार्कीले प्यानलसहित विजय हासिल गरे । मुुलुुक द्वन्द्वमा फसेको थियो। राजनीतिक उत्तारचढावसँगै उनले २०५९ सालमा नेपाल छाड्न बाध्य भए। चार वर्ष विदेशमा बसेका उनले नेपाल फर्केर ट्राभल एजेन्सीको व्यवसाय साझेदारमा गर्न थाले । एजेन्सीले सुुुरुआतमा राम्रै कमाइ दिए पनि पछि घाटामा सञ्चालन भएकाले १९ लाख रुपैयाँ नोक्सान बेहोर्दै बाहिरिएका उनी सेयरबजारमा प्रवेश गर्न पुगे । 

सन् १९९६ मा साथीकै सल्लाहमा एनआईसी एशिया बैंकको पहिलोपल्ट आईपीओ भरेका कार्कीले परिवारसहित सबैका पोल्टामा २०/२० कित्ता पर्यो। सोल्टी होटलकै सहकर्मीले आईपीओ भर्न सुुझाएपछि उनले आईपीओ भर्ने कार्य भने यथावत राखे । 
दोस्रो बजारमा भने कार्कीको यात्रा २०६३/६४ सालताकाबाट सुुरु भएको रे । तर उनको यात्रा भने बूूलमै भएको रहेछ। नेप्सेको यात्रा ११७५ तर्फ लम्किरहेका बेला दोस्रो बजारमा छिरेका उनले भएभरको पैसा सेयर बजारमा नै खन्याए । सेयर बजारमा लगानी गर्ने क्रममै पैतृक सम्पत्तिसमेत हालेका उनले डेढ लाख प्रतिकट्ठाका जग्गाहरु बेचेर सेयर खरिद गर्न पुुगे । ‘अहिले धुुुरकै २० लाख पुुग्यो’, उनले निराश हुँदै भने, ‘सम्झँदा कहालीलाग्दो छ तर बिर्सनुपर्छ ।’

राजनीतिक समकालीन साथीभाइसँग भेटघाट गर्ने सिलसिलामा शंकरदेव क्याम्पस आइपुुगेका कार्की ब्रोकर नम्बर १६ र २६ छिरेका थिए रे । सुुरुमा दोस्रो बजारबाट खरिद गरेको चाहिँ एनएचपीसी प्रतिकित्ता ४१० रुपैयाँमा खरिद गरे। ६ वर्षपछि मात्रै उनले त्यो सेयर ६४५ रुपैयाँ प्रतिकित्तामा बेचेछन्। 

वि.सं.२०६६ सालदेखि बजार घट्दै २०६८ सालसम्म आइपुुग्दा नेप्से परिसूूचक २९२ मा आउँदै गर्दा कार्कीले नेप्से ५०० इण्डेक्स हुँदा आन्दोलन छेडे। ‘नेप्से परिसूूचक आधा घट्दा राज्यले सम्बोधन र रेस्क्यूू गर्नुुपर्ने विश्वव्यापी मान्यता छ’, उनी भन्छन्, ‘५०० तल आएपछि बजार बन्द गर्ने अवस्था आयो।’

२०६५/६६ सालताका जिल्ला प्रशासन कार्यालयमै दर्ता गरेर साधारण लगानीकर्ता संघ खोलेका कार्की अध्यक्ष भएर आन्दोलन गर्न पुुग्छन् । ‘मेरा पछाडि निर्मल प्रधान र राकेश अकुुडियालगायतका लगानीकर्ताले साथ दिए’, उनले भने। 

मार्जिन लेन्डिङको व्यवस्था र म्युुचुअल फन्ड ल्याउन त्यतिबेलाको आन्दोलनले काम गरेको कार्कीको दाबी छ । सोही आन्दोलनकै परिणामले नयाँ २७ ब्रोकर कम्पनी ल्याएर बजार विस्तार गर्न सघाउ पुुगेको उनको ठम्याइ छ।

पूूँजी बजारको सुुधारका लागि कार्कीको नेतृत्वले गरेको आन्दोलनले सात दिन सेयर कारोबार नै ठप्प पारे। आन्दोलनले चरम रुप धारण गरेपछि उनीलगायत लगानीकर्तालाई सरकारले वार्ताका लागि आह्वान गर्यो । राज्यले पूूँजीबजारको सुधारका लागि प्रतिबद्धता जाहेर गरेपश्चात बजार पुुनः उकालो लाग्दै १८८१ को सर्वाधिक उचाइ लिन पुुग्यो।

सेयर बजारमा धेरै उत्तारचढाव देखेका कार्कीेले २/४ करोड रुपैयाँ सेयरमा लगानी गरेको बताए। अल्पकालीन कारोबार गर्नभन्दा पनि दीर्घकालीन लगानी गर्न रुचाउने उनले बजारबाट कति कमाएको र गुुमाएको भन्ने विषयको लेखाजोखा नै नभएको सुनाए। धैर्यता भए सेयर बजारले फाइदा हुनेमा उनको विश्वास छ। 

लगानीकर्ताको सबैभन्दा खराब बानी आत्तिनै नै भएको कार्कीको ठहर छ। कुनै एक माइक्रोफाइनान्सको सेयर ६० प्रतिशत बोनस लिएर पनि ७५ प्रतिशत बढी नाफा बुक गरेको उनको अनुुभव छ। उसो त बीओकेको प्रतिकित्ता २६०० रुपैयाँमा किनेर ३५० रुपैयाँ प्रतिकित्तामा बेच्दा हालसम्मकै उच्च घाटा पनि बेहोरेको उनको भोगाइ छ। नेपाल बंगलादेश बैंककै सेयर ९०० रुपैयाँ प्रतिकित्तामा किनेर ११६ प्रतिकित्तामा बेच्दा पनि उनले घाटा नै खाए।

नेप्से परिसूूचकबारे जथाभावी भविष्यवाणीमाथि नियामक निकायले नियमन गर्नुुपर्ने र कठघराको बास बस्ने व्यवस्था भए बजार प्राकृतिक रुपमा चल्ने कार्कीको दाबी छ। बजारबारे बोल्ने कसैलाई अधिकार र छुुट नभएको उनको बुुझाइ छ। ‘भारतमा करेक्सनसम्म मात्र बोल्ने छुुट छ तर यहाँ साथीहरुले नेप्से यति पुुग्छ र उति पुुग्छ भन्दै लगानीकर्ताहरुलाई विचलित तथा भ्रमित तुुल्याइरहेका छन्’, उनले आक्रोश पोखे।

कार्की सेयर बजारले लगानी अवसर जुुटाएको र विचार आदानप्रदान गर्ने थलो दिएकोमा खुुशी देखिन्छन्। ‘लगानीले सधैं नाफामात्र दिँदैन धोका (घाटा) पनि दिन्छ’, उनले सिकेको पाठ सुुनाउँदै भने, ‘मेहनत गर्नुुपर्छ लगानीकर्ताले कम्पनीका बारे वार्षिक गतिविधि बारे पनि जानकार हुुनुुपर्छ। सेयर बजारमा जोखिम हुुन्छ, यसलाई व्यवस्थापन पनि गर्न जान्नुुपर्छ।’

यही सेयर बजारमा लाग्दालाग्दै ३० वटाभन्दा बढी मुुद्दा खेप्न पुुगेका कार्कीले कानुन नमिचे अनुुशासित भएर हिँडे अरुले चिच्दा आफूू नैतिक रुपमा माथि उठिने दाबी गरे। सेयर बजारको आबद्धताले कमाएको र गुुुमाएको मूूल्यांकनको क्षेत्र भए पनि समग्र पूूँजी बजारको लगानी सुरक्षाका लागि पहलकदमी आवश्यक रहेको कार्कीले जोड दिए।

नयाँ लगानीकर्तालाई कार्कीले जागिर गर्दै पार्टटाइमका रुपमा अध्ययन गरेर सेयरमा लगानी गर्न सुुझाए । ‘सोचविचार गरेर लगानी गरे असुुरक्षित छुु भनेर सोच्न पर्दैन’, उनले भने, ‘सानो लगानीमा पनि विदेश नगई यहीँ गुुजारा चलाउन सकिन्छ।’

पूूँजीबजारमा भएको चलखेललाई निष्तेज पार्न नियामक निकायको तदरुकताको खाँचो रहेको उल्लेख गर्दै कार्की सरकारले समेत सेयर लगानीलाई सुुरक्षित गर्नुपर्छ भन्ने धारणा राख्छन्। पूूँजी बजारले मुुलुुक अगाडि बढाउन सघाउ पुुर्याउने विचार राख्दै उनले पूूँजी बजारको सुुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताउँछन्।