काठमाण्डौ । प्रविधिले प्रत्येक दिन एउटा नयाँ अध्यायलाई जोडिरहेको छ । अन्य इलेक्ट्रोनिक सामानको साथमा स्मार्टफोन वा ट्याब्लेटमा पनि नयाँ परिवर्तन समय समयमा बाहिर आइरहेको छ ।
यही क्रममा अब दुईपटक फोल्ड गर्न मिल्ने स्मार्टफोन र ट्याब्लेट बजारमा आउन लागेको खबर बाहिरिएको छ ।
खासमा एउटा भिडियो बाहिर आएको छ, जसमा विस्तृत जानकारी नदिई दुईपटक फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा आउन लागेको बताइएको छ ।
यसमा एउटा मोवाइललाई २ पटक फोल्ड गरेर प्रयोग गरिएको देखाइएको छ ।
यस्तो मोवाइलको आविष्कारमा चीनको मोवाइल निर्माता कम्पनी शाओमीले काम गरिरहेको छ । तर, कम्पनीको तर्फबाट हालसम्म यो विषयमा कुनै दाबी प्रस्तुत भइसकेको छैन ।
भिडियोमा देखाइए अनुसार यो डिभाइसले एक निकै राम्रो डिस्प्लेको अनुभव प्रदान गर्नेछ । यसलाई एकपटक दाया र अर्को पटक बायाँतर्फ फोल्ड गर्न सकिन्छ । यो डिभाइसलाई स्मार्टफोनको रुपमा प्रयोग गर्न सकिने र त्यसैको फोल्ड खोलेर ट्याब्लेटको रुपमा समेत प्रयोग गर्न सकिने देखाइएको छ ।
कसैले यो भिडियो लिक गरेको हुनसक्ने बताइएको छ । तर, आधिकारिक रुपमा यसको कतैबाट पनि पुष्टि चाहि भइसकेको छैन । यदि यस्तो डिभाइस यो वर्षको अन्तसम्म बजारमा आयो भने यसले स्मार्टफोन डिस्प्लेमा निकै ठूलो क्रान्ति ल्याउनसक्ने अपेक्षा गरिएको छ ।
यदि शाओमीले नै यो प्रविधिमा काम गरिरहेको छ भने आगामी दिन सामसंग, हुवावे जस्ता कम्पनीलाई निकै मुश्किल पर्नेछ ।
Can't speak to the authenticity of this video or device
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19