– अनन्त्य सुन्दर
काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ र धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन स्वीकृत गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणको बाटो खुलेको छ। स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणको बाटो खुलेसँगै अब सेबोन कमोडिटिज एक्सचेन्ज ल्याउने तयारीमा जुटेको छ।
सेबोनका अध्यक्ष रमेशकुमार हमालले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गर्न सेबोन सफल भएसँगै नेपाली पुँजीबजारमा पहिलोपटक सेबोनबाट ऐतिहासिक निर्णय भएको बताउँदै आएका छन्। सेबोननिकट स्रोतहरुका अनुसार अध्यक्ष हमाल अब कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउन जुटेका छन्।
अध्यक्ष हमालले सार्वजनिक कार्यक्रमहरुमा २०७९ भित्र नै सेबोनले कमोडिटीज एक्सचेन्ज सञ्चालनमा ल्याउने बताउँदै आएका छन्। ‘मन्त्रिपरिषद्बाट नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणसम्बन्धी नियमावली पास गर्न सफल भएपछि हमाललाई कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउन थप सहज भएको छ’, स्रोत भन्छ।
सेबोनका एक अधिकारीका अनुसार कमोडिटिज एक्सचेन्ज सञ्चालन ल्याउनका लागि सेबोनले अध्ययनका साथै अन्य आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। ‘लामो समयदेखि कमोडिटिज एक्सचेन्ज सञ्चालनको कुरा उठे पनि सेबोनले अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन’, ती अधिकारीले भने, ‘अहिले भने सेबोन दुईवटा कमोडिटिज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने गरी तयारी अघि बढाएको छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19