काठमाण्डौ । दुई दिन लगाएर मर्मत गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वेबसाइटमा अझै समस्या देखिएको छ। 

नेप्सेको वेबसाइट शुक्रबार र शनिबार मर्मतका लागि भनेर बन्द गरिएको थियो। तर, आज बिहानैदेखि बेवबसाइट खुले पनि समस्या भने अझै देखिइरहेको छ। 

नेप्सेको वेबसाइटमा संगठित संस्थाहरुले नट्समार्फत महत्वपूर्ण सूचनाहरु पठाउने गर्छन्। तर, आज बिहानैदेखि संगठित संस्थाहरुले पठाएका सूचनाहरु नखुल्दा लगानीकर्ताहरु ती सूचनाहरुका बारेमा जानकारी लिनबाट वञ्चित भएका छन्। 

नेप्सेका एक अधिकारीले सूचनाहरु अपलोडमा समस्या देखिएको बताए। ‘प्राविधिक समस्या हो, समाधानका लागि प्रयास भइरहेको छ’, ती अधिकारीले भने।