काठमाण्डौ । दुई ओटा अलग-अलग धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले साधारण सभा बोलाएका छन् ।

मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा र प्रभु स्टक मार्केट लिमिटेडले विशेष साधारण सभा बोलाएका हुन् । यी दुबै नयाँ ब्रोकर कम्पनीका रुपमा सञ्चालनमा छन् ।

प्रभु स्टक मार्केटले  आगामी कात्तिक १५ गते काठमाण्डौको बबरमहलस्थित कार्यालयमा बिहान ९ बजे विशेष साधारण सभा बोलाएको छ । सभाले कम्पनीको ठेगाना संशोधनलगायत विविध प्रस्ताव पारित गर्नेछ ।

यो कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा सञ्चालित छ । त्यस्तै,  मेगा स्टक मार्केट्स लिमिटेडले भने कात्तिक २४ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाण्डौंको त्रिपुरेश्वरमा बिहान ९ बजे सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको बिषयसमेत प्रस्ताव पारित गर्नेछ ।

सञ्चालकहरू नियुक्त र कम्पनीको प्रबन्धपत्र नियमावली संशोधनको प्रस्थाप समेत सभाका लागि तय भएको छ ।यो कम्पनी पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा सञ्चालनमा छ ।