काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)माथि कारबाही गरी जरिवाना गरेको छ।
सेबोनले धितोपत्र व्यवसायीका रुपमा काम गर्ने नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)माथि कारबाही गर्दै आर्थिक जरिवाना गरेको हो।
यी दुवैले गत आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्याद थपका लागि सेबोनमा निवेदनसमेत पेस ढिला गरी वार्षिक प्रतिवेदन पेस गरेकोले कारबाही गरिएको सेबोनले जनाएको छ।
सेबोनले दुवै धितोपत्र व्यवसायीलाई धितोपत्रसम्बन्धी ऐन, २०६३को दफा ८२ को उपदफा (२) बमोजिम जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ।
चालु आर्थिक वर्षको अहिलेसम्म कारबाहीमा पर्ने धितोपत्र व्यवसायीमा यी दुईमात्र रहेका छन्।
यसअघि चालु आर्थिक वर्षमै ४ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई वार्षिक र त्रैमासिक प्रतिवेदन तथा सेबोनको स्वीकृति बिना शाखा खोलेको भन्दै सेबोनले कारबाही गर्दै आर्थिक जरिवाना गरेको थियो।
प्रतिवेदन नबुझाउने सनी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२) १० हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ७५ हजार रुपैयाँ र त्रिशूल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट (ब्रोकर नं. २९)लाई ७५ हजार रुपैयाँ सेबोनले आर्थिक जरिवाना गरेको थियो।
अनुमति नै नलिई शाखा खोल्ने थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नं. १३)लाई ५० हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago