काठमाण्डौ । दुई वाणिज्य बैंकको ३० हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
प्रभु बैंक र कुमारी बैंकको संस्थापक समूहको कुल ३१ हजार २२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा प्रभु बैंकको २० हजार २०२ कित्ता र कुमारी बैंकको ११ हजार २२ कित्ता छन्।
प्रभु बैंकको सेयर खरिदका लागि विद्यमान सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले काठमाण्डौको बबरमहलस्थित प्रभ बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।
यसैगरी कुमारी बैंकको संस्थापक सेयरमा भने संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। उनीहरुका लागि खरिद आवेदन दिन ३५ दिनको म्याद दिइएको छ।
\इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटल र टंगालस्थित बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19