काठमाण्डौ । दुईवटा हाइड्रोपावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका लागि ३४ करोड ९० लाख बढीको आइपीओ निश्कासन गर्ने भएको छ । 

ग्रीन लाइफ हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावितका लागि १८ करोड र जोशी हाइडोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो । 

यी दुवै कम्पनीले आइपीओ निश्कासनको माग गर्दै भदो ६ गते धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

ग्रीनलाइफको निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेड रहेको छ भने जोशी हाइ«डोपावरको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

ग्रीनलाइफले दोलखाको मार्बु गाउँपालिकामा ४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यस्तै, जोशी हाइड्रोपावरले इलामको पुवामझुवामा ३ हजार किलोवाट क्षमताको अपर पूवा १ आयोजना संचालन गरिरहेको छ ।