काठमाण्डौ । दुईवटा कम्पनी आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेका छन् ।
युनियन हाइडोपावर लिमीटेड र स्वाभिमान माइक्रोफाइनान्स बित्तीय संस्था आइपीओ निश्कासनको माग गर्दै बोर्ड पुगेका हुन् ।
युनियन हाइडोपावरले ३५ लाख ३४ हजार ३ सय ४० कित्ता आइपीओ निश्कासनको माग गरेको छ ।
यस्तै, स्वाभिमान माइक्रोफाइनान्सले १ लाख ८० हजार कित्ता आइपीओ निश्कासनको माग गरेको हो ।
युनियनले यसअघि आयोजना प्रभावित लमजुङ र कास्की जिल्लाबासीका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये ६ लाख २१ हजार ७ सय ९० कित्ता बिक्री भएको थिएन । त्यो समेत थपेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता आइपीओ निश्कासन गर्न लागिएको हो।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ ।
युनियन हाइडोले ३.३ मेगावाटको मिदिम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीले २३ मेगावाट क्षमताको मेगा खोला निर्माणको समेत हालै स्वीकृति पाइसकेको छ ।
यसैबीच, १ लाख ८० हजार कित्ता आइपीओ निश्कासनका लागि बोर्ड पुगेको रुपन्देहीमा मुख्य कार्यालय रहेको स्वाभिमान माइक्रोफाइनान्सको सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।
यो कम्पनीले आइपीओ निश्कासन गरेपछि चुक्तापूँजी बढेर ६ करोडको उचाईमा पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago