काठमाण्डौ । दुई लघुवित्त वित्तीय संस्थाले जारी गर्ने आइपीओलाई इक्रा नेपालले औसत भन्दा तल आधारहरु जनाउने ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओलाई इक्रा नेपालले औसत भन्दा कमजोर वित्तीय अवस्था जनाउने ग्रेडिङ प्रदान गरेको हो । 

यस्तै, भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडले जारी गर्ने ४ करोड रुपैयाँ बराबरको आइपीओलाई पनि इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरकै ग्रेडिङ प्रदान गरेको छ । 

यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ। 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।