काठमाण्डौ । दाङमा २ स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमित स्वास्थ्यकर्मी राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष छन्। उनीहरु जनता मावि गढवाको क्वारेन्टाइनमा खटिएका थिए।
हाल ती दुवै स्वास्थ्यकर्मीलाई सोही क्वारेन्टाइनमा राखिएको छ।
सोही क्वारेन्टाइनमा राखिएका अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु हुन्।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टाइनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago