काठमाण्डौ । दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डौको रामशाहपथ (बग्गीखाना) स्थित महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ। 

महाशाखा सिल गरिनुका साथै महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित त्यहाँ कार्यरत ३७५ जना क्वारेन्टिनमा राखिएका छन्। प्रमुख ढकालका अनुसार गत शुक्रबार दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि महाशाखा पूर्ण रुपमा सिल गरी सबैजना ब्यारेकको क्वारेन्टिनमा बसेका छन्। 

प्रमुख ढकालका अनुसार अहिले ब्यारेकबाट बाहिर जान र अरुलाई भित्र आउन बन्देज लगाइएको छ।