काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार २ घन्टामै साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
दिउँसो १ बजेसम्म ४ अर्ब ६१ करोड ४८ लाख २१ हजार ६१ रुपैयाँबराबरको सेयर किनबेच भएको हो। यो बेलासम्म नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका ८१ लाख ८४ हजार ३५५ कित्ता सेयर किनबेच भएका छन्।
यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक १९.०१ अंकले बढेर २६५०.९१ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो।
अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यतिबेलासम्म निर्जीवन बीमा समूह सर्वाधिक ४६२.७ अंकले उकालो लागेको छ भने व्यापार समूह २६९.५८ अंकले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19