काठमाण्डौ । एनआईसी एसिया बैंकले लिलामीमा राखेको ३ कम्पनीका ७.६६ लाख कित्ता बढी सेयरमा बोलपत्र पेस गर्ने आज (असोज १५ गते) अन्तिम दिन रहेको छ।
बैंकले गत असोज ६ गतेबाट एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोष (सीआईटी) का कुल ७ लाख ६६ हजार ७९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। जसमा आरएमडीसीको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता रहेका छन्। यी लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।
लिलामीमा राखिएका सेयरको प्रतिकित्ता आरएमडीसीको ५३९ रुपैयाँ, मेरोको ४९७ कित्ता र नागरिक लगानी कोषको १ हजार १९७ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लिलामी सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
यी तीनै कम्पनीमध्ये लगानीकर्ताले बोलपत्र पेस गर्दा आरएमडीसीमा न्यूनतम १ हजार कित्ता र अन्य २ कम्पनीमा १०० कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्।
आरएमडीसी र मेरो माइक्रोफाइनानसको सेयरका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडमा बोलपत्र पेस गर्नुपर्नेछ। यसैगरी नागरिक लगानी कोषको सेयरका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय वा शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर, सुर्खेतमा बोलपत्र पेस गर्न सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago