काठमाण्डौ । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने नीति लिएको छ।
संघीय संसदमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने लक्ष्य राखेको हो। यो लक्ष्य पूरा गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने भण्डारीले बताइन्।
सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्ष थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने नीति तथा कार्यक्रममा उल्लेख छ। जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४०० केभीए क्षमताका राष्ट्रिय तथा अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार गर्न सुरु गर्ने सरकारको योजना छ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ।
सबै नेपालीलाई ऊर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गर्ने सरकारले घोषणा गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19