काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। 

प्राधिकरणले दूरसञ्चार उपभोक्तासँग सम्बन्धित गुनासोलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन यो प्रणाली सञ्चालनमा ल्याएको हो। उपभोक्ताले सम्बन्धित दूरसञ्चार सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान भएको खण्डमा प्राधिकरणको यो प्रणालीमा सीधै गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। 

यसका साथै उपभोक्ताले त्यस किसिमको गुनासो प्राधिकरणको कार्यालयमा सम्पर्क नम्बर तथा कार्यालयको ई–मेलमार्फत पनि गुनासो दर्ता गर्न सक्ने प्राधिकरणले जनाएको छ। 

त्यस्ता गुनासो व्यवस्थापन गर्न प्राधिकरणले सक्दो कोसिस गर्ने प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखाले जनाएको छ।