काठमाण्डौ । तरलता अभावको समस्या चर्किरहँदा त्यसले दोश्रो बजारलाई हान्ने क्रम रोकिएको छैन । लगानीयोग्य रकम अभाव, दोश्रो त्रैमासको अन्तिम महिनाको अन्तिम समय लगायतका कारणले सेयर खरीदका लागि आवश्यक रकम जुट्न नसक्दा बजार दैनिकजसो दोहोरो अंकले घटिरहेको हो । कतिपय लगानीकर्ता नयाँ सरकार गठनपछिको अवस्थाप्रति पर्ख र हेरको रणनीतिमा बस्दा समेत बजार गिरावटमा सहयोग पुगिरहेको छ भने कतिपय चाहि मुद्धती निक्षेपमै १३ प्रतिशतसम्म ब्याज पाउन थालिएको भन्दै सेयर नै बिक्री गरेर समेत निश्चित र ढुक्कको रिटर्नका लागि भन्दै बैंकतर्फ दौडन थालेका छन्, यसले समेत बजार गिराउन सहयोग गरिरहेको छ ।
कतिपयले परिसूचक घटे पनि कारोबार रकम बढिरहेकोले नअत्तालिन आग्रह गरिरहेका छन् । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंक एक्लैलै २३ करोडको हाराहारीमा कारोबार गरेकोले यो तर्क उति धेरै दमदार छैन ।
यी र यस्तै कारणले घटिरहेको बजार परिसूचक(नेप्से) बिहीबार १०.७३ अंकले घटेर १४१४.७८ अंकमा सीमित बन्न पुुगेको छ । यो दिन व्यापारिक र होटल समूहको सूचकमा बढोत्तरी भए पनि बाँकी समूहको सूचक भने घटेको छ ।
व्यापारिक समूह ४.८२ अंकले बढेको छ भने होटल समूहमा ७.०६ अंकको बढोत्तरी देखिएको छ।
यस्तै, बैकिङ समूह १६.२६ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रो फाइनान्स समूहमा क्रमशः ३.४८ अंक, १२.४७ र ३.०९ अंकले घटेको छ । यस्तै, जलविद्युत समूह ६.५४ अंक, बित्त समूह ०.५८ अंक, उत्पादनमूलक पनि ०.५८ अंकले घटेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८४ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीको १८ लाख ६१ हजार ६५ कित्ता सेयर ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२ करोड ८० लाख बढीको कारोबार गर्यो । नेपाल टेलिकमले १० करोड बढीको कारोबार गरेको बजारमा प्रभूू बैंकको ३ करोड १८ लाख बढी तथा ज्योति विकास बैंकको २ करोड ६६ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । एभरेष्ट बैंकले २ करोड ४० लाख बढीको कारोबार गर्यो भने नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७७ लाख, नवील बैंकले १ करोड ७३ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन महुली सामुदायिक लघुवित्त विकास बैंकले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, यूनाइटेड फाइनान्सको मूल्यमा समेत ७.०६ प्रतिशतको बढोत्तरी भयो ।
यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंकले सबैभन्दा धेरै गुुमायो । यो कम्पनीको मूल्यमा ५.०८८ प्रतिशतको गिरावट आयो । सेन्टल फाइनान्सका लगानीकर्ताले पनि ५ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago