काठमाण्डौ । एकवर्षे बालकसहित कर्णाली प्रदेशको दैलेख जिल्लामा थप ८ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ। यीसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ।
बिहीबार मात्रै नेपालका विभिन्न स्थानमा हालसम्म ८८ जना संक्रमित भेटिएका छन्।
सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणबाट दैलेखको नारयाण नगरपालिकाका का ८ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा १ वर्षीय बालक, १७, २६, १९, ३०, ३६ र ४० वर्षका पुरुष र २० वर्षीया महिला छन्।
यीसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19