initial public offering
काठमाण्डौ । सर्वसाधारणका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले खुलाएको २१ करोड बराबरको २१ लाख कित्ताको आवेदनमा दोश्रो दिनसम्म करिब ८ गुणा बढी आवेदन परेको छ ।
एकसय रुपैयाँ अंकित मूल्यको आइपीओका लागि पुस ८ गते(शुक्रबार)देखि आवेदन मागिएकोमा पहिलो दिन नै माग भन्दा २ गुणा बढीको आवेदन परेकोमा दोश्रो दिनसम्म ७.५५ गुणा बढीको आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन(शुक्रबार) देशभरका संकलन केन्द्रबाट ४० करोड बढी रकमको आवेदन परेकोमा दोश्रो दिनसम्म १ अर्ब ६ करोड बढीको परेको छ । दोश्रो दिनसम्म १८ हजार ९ सय ९९ आवेदन परेका बताइएको छ ।
यसअघि आइपीओका लागि आवेदन दिने पहिलो चरणको अन्तिम मिति पुस १२ गते तोकिए पनि क्रिस्टमसको सार्वजनिक विदाका कारण एकदिन बढेर पुस १३ गतेसम्म पुुगेको छ ।
आवेदन दिने समय अझै दुुई दिन(मंगलबार र बुधबार) बाँकी रहेकोले अझ बढी आइपीओहरु पर्ने अनुमान गरिएको छ ।
इच्छुुक सेयरधनीले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
सिनर्जीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेडले बिक्री प्रबन्धक रहेको छ ।
कुल निश्कासन गर्न लागिएकोमध्ये कम्पनीले ६३ हजार कित्ता(३ प्रतिशत) आफ्ना कर्मचारीका लागि, १ लाख ५ हजार कित्ता(५ प्रतिशत) १० म्युुचुुअल फण्डहरुका लागि र बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुुग्नेछ । हाल यो कम्पनीमा संस्थापक सेयरधनीको ४२ करोड र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ७ करोड लगानी रहेको छ । सिनर्जी पावरको अधिकृत पूँजी ७० करोड रुपैयाँको छ ।
आइपीओ निश्कासन र व्यवस्थापनपछि कम्पनीमा संस्थापक–आयोजना प्रभावित क्षेत्रका बासिन्दा–सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०–१०–३० प्रतिशत कायम हुनेछ ।
यो कम्पनीले दोलखामा १० मेगावाट क्षमताको स्प्रिङ खोला हाइडो प्रोजेक्ट निर्माण गरिरहेको छ ।
यसअघि यो कम्पनीले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको आइपीओ जारी गरेको थियो । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था खासै सन्तोषजनक नरहेको भन्ने हुन्छ ।
आवेदन संकलन केन्द्रहरु
१.सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, भगवतीवहाल, नक्साल काठमाण्डौ, फोन :४४४०४३३
२.सानिमा क्यापिटल लिमीटेड, नारायणचौर नक्साल, काठमाण्डौ । फोन : ४४२८९५६
३.सानिमा बैंकका काठमाण्डौ, ललितपुर, भक्तपुर र देशभरका यी शाखा कार्यालयहरु :
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago