काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको २० लाख ७४ हजार कित्ता सेयर दोश्रो बजारमा सूचिकृत भएको छ । 

आशा लघुवित्तको सर्वसाधारणमा वितरण गरिएको  ६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापक लगानी गरेको १४ लाख कित्ता समेत गरी २० लाख ७४ हजार कित्ता दोश्रो बजारमा सूचिकृत भएको हो ।

सेयर सूचिकरणसँग सम्बन्धी सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आशा लघुवित्तको तर्फबाट बद्रीप्रसाद दुलालले हस्ताक्षर गरेका हुन् । 

यो कम्पनीको सेयर सूचिकरणबाट लघुवित्त समूह अन्तर्गत सूचिकृत कम्पनीहरुको संख्या ४१ र कुल सूचिकृत कम्पनीहरुको संख्या २०५ पुगेको छ ।