काठमाण्डौ । नागरिक लगानीकोषको समेत लगानी रहेको सहायक कम्पनी नागरिक स्टक डिलरले छोटो समयमै दोश्रो बजारमा १२ अर्ब लगानी गरेको छ । 

कोषको ३१ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

हाल काठमाण्डौको याक एण्ड यति होटलमा जारी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नागरिक स्टक डिलरले दोश्रो बजारमा रु. १२ अर्ब लगानी गरिसकेको उल्लेख गर्दै यसलाई बढाउन सुझाव दिए । 

उनले भनेअनुसार स्टक डिलरले गरेको १२ अर्ब रुपैयाँको लगानी भनेको बजारमा लगानीका लागि तयार गरिएको फण्डको ७ प्रतिशत मात्र हो । यसलाई बढाएर १० प्रतिशत पुर्याउन समेत उनले सुझाव दिए । यसको आशय नागरिक स्टक डिलरले अझै ५ अर्ब १३ करोड बढी लगानी दोश्रो बजारमा गर्नुपर्छ भन्ने हो । यसो भयो भने डिलरको दोश्रो बजारमा कुल लगानी १७ अर्ब माथि हुनेछ ।