काठामाडौँ । दास्रो बजारमा सबैभन्दा महंगो मूल्यमा खरीद विक्री हुन गरेको कम्पनीको वित्तीय विवरण सम्बन्धी चासो सबैलाई हुन्छ । प्रति कित्ता २६ हजारको हाराहारीमा दोस्रो बजारमा शेयर किनबेच भइरहेको कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिसम्ममा २५ करोड १९ लाख खुद नाफा आर्जन गरकेो छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले कम्पनीको नाफामा यस वर्ष २१ दशमलव ३३ प्रतिशतले कमी आएको उल्लेख गरेको हो । गत वर्षको यही वअधिसम्ममा कम्पनीले ३२ करोड २ लाख नाफा आर्जन गरको थियो ।
कम्पनीको संचालन आम्दानीमा कमी आएर १ अर्ब २३ करोड मा सीमित भएका कारण नाफामा यसको असर परेकाे हाे । गत वर्ष कम्पनीले १ अर्ब ४२ करोड सञ्चालन आम्दानी गरेकोे थियो ।
तर कम्पनीले यस वर्ष खर्च कटौती गरेको देखिएको छ । गत वर्ष १ अर्ब रहेको कूल खर्च यस वर्ष २० करोड ६९ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोषमा भने १ अर्ब ६८ करोडबाट कमी आएर १ अर्ब ५१ करोडमा सीमित भएको छ । गत वर्ष कम्पनीले प्रतिकित्ता १ हजार २ सय ७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।
गत वर्ष ४ सय ६३ दशमलव ५५ रुपैया कायम भएको कम्पनीको प्रतिशेयर आम्दानीमा कमी आएर ३ सय ६४ दशमलव ६७ रुपैयाँ कायम भएको छ । गत वर्ष १ हजार ८ सय २२ रहेको प्रतिशेयर नेटवर्थमा कमी आएर १ हजार ६ सय ५० कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago