 
                     
                                
                             
                                    काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म साढे ७ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
हिजो भदौ २९ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
सीडीएससीका अनुसार आज बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ६ हजार ६४३ आवेदकबाट कुल ८० लाख ६६ हजार १४० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा ७.६२ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। गोलाप्रथाबाट यो आईपीओमा १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
सिक्लेस हाइड्रोपावरको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19