काठमाण्डौ । सर्वसाधारणलाई जारी गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भइसकेको छ। 

मागभन्दा बढी आवेदन परेकोले यो कम्पनीको आईपीओ पनि गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको छ। जसअनुसार  योग्य आवेदकमध्ये ९ लाख ६० हजारजनाले १० कित्ताका दरले सेयर पाएका छन्। 

सेयर पाउने सेयरधनीमा यतिबेला कम्पनीको आईपीओ कहिले नेप्सेमा सूचीकृत होला र पहिलो कारोबारका लागि कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। 

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँदेखि अधिकतममा ४८६.८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम मूल्य कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थबराबर र अधिकतममा सोको तेब्बरसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ। 

कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२.२९ पैसा रहेको छ। सोही आधारमा उक्त रेन्ज पाउने देखिएको हो।