काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
यो दिन नेप्से १२.०५ अंकले घटेर ११३६.९६ को विन्दूमा सीमित बन्न पुगेको हो ।
यो दिन बजारका सबै सूचकमा रातो पोतिएको छ ।
दशैं विदा सकेर लगानीकर्ताहरु बजारमा फर्किने क्रम जारी रहेको र फर्किसकेका लगानीकर्ताहरुलाई उत्साहित बनाउने महत्वपूर्ण कारण केही नरहेकाले समेत बजारमा गिरावटको क्रमले निरन्तरता पाएको हो ।
दशंैलगत्तै करको जोहो गर्नुपर्ने बाध्यताले समेत कतिपय लगानीकर्ताहरु घाटैमा भए पनि सेयर बेच्न अग्रसर बनिरहेका विश्लेषकहरु बताउँछन् ।
यो दिन राम्रा र बलिया कम्पनीको सेयरमै बिक्री चाप देखियो, जसका कारण सेन्सेटिभ इण्डेक्स २.७६ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९२ अंकको गिरावट आयो ।
यो दिन बैंकिङ समूह १३.४५ अंकले घट्यो भने विकास बैंक समूहमा ११.४३ अंक, वित्त समूहमा ६.३ अंक, माइक्रोफाइनान्स समूहमा १३.८५ अंक, होटल समूहमा ५३.६६ अंक, जलविद्युत समूहमा ९.०७ अंक, जीवन बिमा समूहमा ३७.१ अंक, निर्जीवन बिमा समूहमा ४९.५३ अंक, ट्रेडिङ समूहमा २.२८ अंक, उत्पादन तथा प्रशोधन समूहमा १.५२ अंक र अन्य समूहमा २.२१ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५४ कम्पनीका ८ लाख ३३ हजार ७५३ कित्ता सेयर २१ करोड ८६ लाख ३५ हजार ६९१ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा धेरै प्रभू बैंकले २ करोड ६५ लाख बढीको कारोबार गर्यो । सिद्धार्थ बैंकले २ करोड ६४ लाख, नवील बैंकले १ करोड २६ लाख बढीको कारोबार गरेको दिन मेगा बैंकको १ करोड १६ लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
नेपाल लाइफ इन्स्योरेन्सले ८८ लाख बढीको कारोबार भएको यो दिन पोखरा फाइनान्सको ७६ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भएको छ ।
नेपाल टेलिकमले ७४ लाख बढीको कारोबार गरेको यो दिन प्राइम कमर्सियल बैंकले ६९ लाख, कृषि विकास बैंकले ६३ लाख र शिवम सिमेन्टले पनि ६३ लाख बढीको कारोबार गरेको छ ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन रादी विद्युत कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले बढेको छ ।
सिनर्जी पावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.४९ प्रतिशतले घट्यो ।
बोनस र नगद गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरे पनि एभरेष्ट बैंकमा लगानीकर्ताको आकर्षण देखिएन । साधारण लगानीकर्ताले थोरै बोनस सेयर आएपछि यो कम्पनीको सेयरको बिक्री बढाएका देखियो । फलस्वरुप २५ प्रतिशत लाभांश घोषणा गरेको दिन एभरेष्ट बैंकको सेयर मूल्य २.४३ प्रतिशतले घट्न पुग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19