काठमाण्डौ । विभिन्न लघुवित्त कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा सबैभन्दा बढी लाभांश युनिक लघुवित्त वित्तीय संस्थाले दिने घोषणा गरेको छ ।उक्त कम्पनीले सबैभन्दा बढी अर्थात् कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश( कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी,दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) दिने घोषणा गरेको छ । त्यस्तै फर्स्ट माइक्रोफाइनान्स  एनआईसी एशिया लघुवित्तले १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

फर्स्ट माइक्रोफाइनान्सले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै कर प्रयोजनसहित नगद लाभांश दिने घोषणा गरेको  छ।त्यसो त एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांशमात्रै दिने घोषणा गरेको छ ।

उता स्वावलम्बन लघुवित्तले १२.३५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

आरएसडिसी लघुवित्तले भने ८.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

सर्पोट लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसो त गुराँस लघुवित्तले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने बताएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको छ ।

 लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ ।