काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। आगामी आर्थिक वर्षका लागि प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटा धानको ३ हजार १९८ रुपैयाँ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ निर्धारण गरिएको छ। 

आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको न्यूनतम समर्थन मूल्य चालु आर्थिक वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो। 

चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटो धानका लागि २ हजार ९६७ रुपैयाँ र मध्यम धानका लागि ३ हजार १२८ रुपैयाँ तोकेको छ।