काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वाणिज्य बैंकहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
सेबोनले आज एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरुमा सेबोनमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकमलाई मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी गराएको हो।
यो सूचना प्रकाशित भएको मितिले ५ दिन चैत १२ गतेसम्म कार्यालय समयभन्दा एक घन्टा अगाडि ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’बमोजिम योग्यता खुल्ने आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्नुपर्ने सेबोनले जनाएको छ। आफूले दिन सक्ने एक वर्षे ब्याजदरसहित इच्छुक बैंकले सिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ।
सिलबन्दी प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ५ः१५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोलिने सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19