काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुईवटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ।
सेबोनले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको हो। यी दुवै बन्दमुखी योजना हुन्।
सेबोनका अनुमतिसँगै सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा सीबीआईएल क्यापिटल रहेको छ।
यसैगरी आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
यो म्युचुअल फन्डको योजना व्यवस्थापनमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago