काठमाण्डौ । सांसद एवं अर्थविद् स्वर्णिम वाग्लेले सरकारले  नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नीतिगत भ्रष्टाचारलाई टुलुटुुलु  हेरेर बसेको बताएका छन् ।

संसदको अर्थ समिति बैठकमा शुक्रबार बोल्दै राष्ट्रिय पाटीका सांसदसमेत रहेका वाग्लेले सरकारले यी दुई नियामकलाई नियन्त्रण नगर्ने हो भने रास्वपाले यो मुद्दालाई अन्तरराष्ट्रियकरण गर्ने पनि उनले बताए ।

साथै उनले धितोपत्र बोर्ड र बीमा प्राधिकरण व्यापक सेटिङमा लागेको आरोप पनि लगाएका छन् ।  यी दुई ओटा नियामकको सेटिङमा ५० पैसा पनि आम्दानी नभएको कम्पनीलाई प्रिमियममा सेयर निष्कासन गर्न दिइएको उनको आरोप छ ।
‘यी दुई नियामक निकायमा भएको सेटिङले मुलुक नै धराशयी हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘यो विषयलाई आफ्नो पार्टीले पनि गम्भीर रुपमा हेरिरहेको छ ।’