काठमाण्डौ । कार्यकालको अन्तिम दिनहरु गन्दै बसेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एकैपटक ८८ सूचीकृत कम्पनीलाई नगद जरीवाना र कारबाही गरेका छन् । 

समयमै वार्षिक वित्तीय विवरण नबुझाएका दोश्रो बजारमा सूचीकृत ८८ कम्पनीलाई उनले कारबाही स्वरुप नगद जरीवाना गरेका हुन् । 

कार्यकालको अन्तिम दिनहरु कुर्दै बसेका उनले काम गरेको देखाउन तथा अर्को कार्यकालमा समेत दोहोरिनका लागि एकैपटक ८८ कम्पनीलाई कारबाही गरेर स्टन्ट देखाएका कारबाहीमा परेका कतिपय कम्पनीका सञ्चालकहरुले बताएका छन् । 

एकैपटक ठूलो कारबाही गरी उनले धितोपत्र बोर्डको कानूनी आम्दानी समेत बढाउन खोजेको देखिने ती सञ्चालकले बताए 

बोर्डले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही गरेको हो । 

यसरी कारबाहीमा पर्ने कम्पनीमध्ये अधिकांश जलविद्युत, माइक्रोफाइनान्स, वित्त कम्पनी र साना साइजकका बैंकहरु रहेका छन् । 

हमालले इतिहासमै  पहिलोपटक एकैपटक यति धेरै कम्पनीलाई कारबाही गरिएको भन्दै गर्व गरेका छन् । 

कुल ८८ कम्पनीमध्ये ६९ वटाले ढिलो वित्तीय विवरण बुझाएका र बाँकीले हालसम्म वित्तीय विवरण नै नबुझाएका बोर्डको आरोप छ । 

यी हुन् कारबाहीमा परेका कम्पनीहरू :