-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदाजाँदै बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई कार्यवाहक अध्यक्ष दिने तयारी गरेका छन् ।
 

उनको पदावधि आगामी पुस २० गते सकिंदै छ । अगाडि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्न कम्मर कसेर लागेका अध्यक्ष हमाल  आफू जानु अघि पनि आफ्ना विश्वासिला पात्रलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी सुम्पेर जाने पक्षमा छन् ।

स्रोतका अनुसार अध्यक्ष हमालले १० दिन अगाडि अर्थात् आगामी पुस १० गतेबाट विदामा वस्ने योजना बनाएका छन् । तर उनले केहि  बठ्याईं गर्दै कार्यवाहक भने आफू निकट भनेर चिनिएका प्रवक्ता तथा कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई कार्यबाहक दिने सोच बनाएका छन् ।

स्रोतका अनुसार त्यसपछिको समय अवधिमा सके आँफै फर्कने नभए आफूले बिश्वास गरेको व्यक्तिलाई कार्यवाहक दिएर  बाहिरिने दाउमा हमाल रहेका छन् ।
यसअघि पनि देशबाहिर जाँदा अध्यक्ष हमालले उनै श्रेष्ठलाई कार्यवाहक
 जिम्मा दिने गरेका थिए । किनकि उसबेला पनि आफू विरुद्ध आएका पत्रहरु गोप्य राख्ने काममा श्रेष्ठले सहजीकरण गर्दै आएका थिए ।  बरिष्ठताको आधारमा धितोपत्र बोर्डमा अनुसन्धान विभागका कर्मचारी डा नबराज अधिकारी छन् । तर उनलाई यो जिम्वेवारी दिन हमालले चाहेका छैनन् ।

किनभने उनको कार्यकालभरी अधिकारी नजिकको पात्र हुन सकेनन् । हमालले सुरुवाती दिनमा उनै अधिकारीलाई विश्वास नगरेका भने होइनन् तर नबराजले कयौं पटक विभिन्न क्षेत्रबाट आएका असान्दर्भिक प्रयोजनका फाइल तथा सहयोग अस्वीकार गरिदिएका थिए । त्यसपछि  एकाएक यूर्टन भएका हमालले उनै अधिकारीलाई एउटा  कुनामा  पुरानो ल्यापटप दिएर थन्क्याई दिए । 
  गत बुधबार मात्रै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकका अधिकारी र अन्य सदस्यको असहमति पछि स्थगित हुन पुगेको थियो ।

त्यसपछि छोटो समयमा नै नयाँ स्टकको लाइसेन्स स्वीकृत गरेर बाहिरन खोजेका अध्यक्ष हमाल यतिखेर आफ्नो योजना अनुसार काम फत्ते हुन नसकेपछि बेचैन बनेका छन् । त्यसोत  आफू र आफ्नो कार्यकालमा नयाँ  स्टक एक्सचेञ्ज ल्याएर सदाका लागि जसलिन खोजेका हमालको अन्तिम इन्डिङ भने सकिएको छैन । अन्तिमसम्म विभिन्न  शक्ति प्रयोग गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आफ्नो अनुकूलको कम्पनीलाई दिने उनको कोसिस छ ।
सार्वजनिक कार्यक्रमहरुमा यसअघि उनले आफू बोर्डको अध्यक्षमा नदोहोरिने बताएता पनि पुनः शक्तिकेन्द्र र सत्तारुढ दलका केहि नेतालाई रिझाएर बोर्डमा आउने हरसम्भव प्रयास गरिरहेका छन् । 
विभिन्न कम्पनीको प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर  प्राथमिक सेयरमा मनोमानी गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

स्रोतका अनुसार आगामी दिनमा जगदम्बा स्टिल, ट्रेड टावर, भुजुङ खोला हाइड्रो पावर, सोलु हाइड्रो पावर, सान्भि इनर्जी र हिमस्टार ऊर्जाको आईपीओ निष्कासनको स्वीकृति दिने जिम्वेवारीसहित उनले मुक्तिनाथ श्रेष्ठलाई कार्यवाहकको जिम्मेबारी दिँदैछन् ।

स्रोतका अनुसार हमालले जिम्मेबारी दिएता पनि पुस २० गते पछिको जिम्मेबारी  भने श्रेष्ठलाई अर्थ मन्त्रालयले पत्रपठाएर दिनु पर्नेछ ।