काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको शुक्रबारदेखि कार्यकाल सकिएको छ।

एक समारोहका बीच बोर्डले उनको औपचारिक विदाई पनि गरेको छ । बोर्डले उनलाई टोकन अफ अप्रिसिएसन प्रदान गरेको छ ।
उनी २०७८ फागुन ५ गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । 

उनले विदाईको क्रममा सार्वजनिक भूमिकामा विल्कुल नयाँ अनुभव र प्रयास गर्ने गरी बोर्डमा आएकोमा रूपान्तरणमा एक दियो बालेर विदा भएको बताएका छन्। 

उनले सन्देशमा खासगरी स्टार्ट उद्यमशीलता विकास र पूँजी निर्माणको सवलीकरण एवम् एसएमइको माध्यमले एक नयाँ आयाम सृजना गर्ने उल्लेख गरेका छन् ।

सन्देशमा सुशासन,प्रतिस्पर्धा र गुणवत्ताको वातावरण मार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जवाफदेहिता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हीत संरक्षणमा निरन्तरता दिनुको साथै विशेष गरी ‘स्तुतिको संस्कारबाट कार्यसम्पादन संस्कार’ को रूपान्तरणमा एक दियो बालेर आज २०८० पुस २० गते यो यात्रा समाप्त भइरहेको उल्लेख गरेका छन्।


उनको सन्देश यस्तो छ :


यो पनि हेर्नुहोस् :

धितोपत्र बोर्डमा रमेश हमालको २२ महिना, १० खर्बको क्षति, हजार अंकको गिरावट, कहाँ चुके ?