काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल शुक्रबारदेखि औपचारिक रुपमा धितोपत्र बोर्डबाट बाहिरिएका छन् ।
अध्यक्ष पदमा दोहोरिने अनेकन प्रयासका बाबजुद उनी शुक्रबार २२ महिने छोटो कार्यकाल सकेर बाहिरिएका हुन् ।
तर आबेदन नै दिएर पुनः बोर्डमा फर्कनका लागि भने उनको ढोका पुरै बन्द भइहालेको अवस्था भने होइन ।
एक कार्यक्रमका बीच उनी २२ महिने कार्यकाल सकेर धितोपत्र बोर्डबाट विदा भए तर संयोग नै मान्नुपर्छ हमाल बाहिरिदै गर्दा उनका कट्टर विरोधीको रुपमा परिचित पूँजीबजार क्षेत्रमा अभियन्ताको छवि बनाएका तीलक कोइराला भने आजैदेखि सिटी होटल लिमिटेडको स्वतन्त्र सञ्चालकका रुपमा प्रवेश गरेका छन् ।
यो प्रसंगबारे बिजशाला डटकमले सोधेको प्रश्नमा कोइरालाले छोटो प्रतिक्रिया दिँदै आफू डाइरेक्टरको रुपमा पस्नु र हमाल बाहिरिनु संयोग मात्रै हो भनेका छन् ।
स्मरणरहोस, हमाल अध्यक्ष रहँदा कोइराला पूँजीबजारको विकास र विस्तार गर्न भन्दै धितोपत्र बोर्ड परिसरमा आमरण अनसनमा नै बसेका थिए ।
तर पछिल्लो पटक भने हमालले उनलाई भेट्न पनि नदिएर गेट्बाटै फर्कादिएका थिए । अर्थात् उनको कार्यकाल भरि कोइरालालाई बोर्डमा ‘नो इन्ट्रि’ गरिएको थियो ।
यस विषयमा कोइरलाले भने, ‘अब धितोपत्र बोर्डमा आउने कसैले पनि हमालले जसरी गडबड गर्ने नसोचे हुन्छ, म चुनौती दिन चाहन्छु ।’
उनले थप्दै भने, ‘नयाँँ आउने जोसुकै अध्यक्षलाई स्वागत छ तर मेरो अग्रिम खबरदारी जारी नै छ ।’
उनले आफू हाल सिटी होटलको सञ्चालक बनेको र कम्पनीको सुशासन कायम गर्नमा जोड दिने बताए ।
कम्पनीमा स्वतन्त्र सञ्चालकको हैसियतले पूँजीबजारको सुधार गर्दै पर्यटन विकासमार्फत् देशको आर्थिक विकास पनि गर्ने उनको भनाइ छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19