काठमाण्डौ । पूूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आज शुुक्रबार दरखास्त आव्हान गरिएको छ ।
डा रेवतबहादुुर कार्कीको कार्यकाल सकिएको करिब ५ सातापछि बोर्डले शुुक्रबार एक सूूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त खुुलाएको हो । यसअघि डा कार्की आफ्नो ४ वर्षे कार्यकाल पूूरा गरी बोर्डबाट बाहिरिएका थिए । उनी बाहिरिएसँगै लामो समयदेखि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
बोर्डले खुुला प्रतियोगिताबाट अध्यक्ष नियुुक्तिको प्रक्रिया सुुरु गरेको हो । बोर्डले अर्थ मन्त्रालयअन्तर्गत रहेको बोर्ड अध्यक्ष सिफारिस गर्ने प्रयोजनार्थ गठित छनौट समितिमा यो सूूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आव्हान गरेको छ । अध्यक्ष पदका लागि समितिले विभिन्न मापदण्ड निर्धारणसमेत गरेको छ ।
समितिले तोकेको मापदण्डभित्र पर्ने इच्छुक नेपाली नागरिकले बोर्डको अध्यक्ष पदका लागि दरखास्त दिन पाउने छन् । परेका दरखास्तमध्ये समितिले तीनजनालाई सर्टलिष्टमा पारेर योग्य उम्मेदवारका रुपमा मन्त्रिपरिषद्मा समितिमा पठाउँछ । यसरी सिफारिस भई आएका तीन उम्मेदवारमध्ये कुुनै एकजनालाई मन्त्रिपरिषद्को बैठकले योग्यता र कार्यानुुभवका आधारमा बोर्डको अध्यक्ष पदमा नियुक्त गर्दछ ।
बोर्डले दरखास्त खुलाएसँगै केही समयअघिदेखि नै बोर्डको अध्यक्ष बन्नका लागि शक्तिकेन्द्र धाउने दौडधूूपसमेत सुुुरु भइसकेको थियो । अब झन् यसले दौडधूूपको पारो तताइदिएको जानकारहरु बताउँछन् ।
थप जानकारीका लागि तलको सूूचना हेर्नुुहोस्ः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago