काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज मंगलबारबाट रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबारमा आउँदैछ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार सेयर सूचीकृत भएसँगै रिलायन्स लाइफ इन्स्योरेन्सको कोरोबार आजबाट खुल्ने भएको हो। नेप्सेमा हिजो यो कम्पनीको रु. १०० अंकित २ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको थियो।

नेप्से यो कम्पनीलाई आरएलआई कोड प्रदान गरेको भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि ३२२.७७ रुपैयाँ तोकेको छ।

आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र भएपछि मात्र नियमित कारोबार समय ९११ बजेदेखि ३ बजे० मा सो कम्पनीको धितोपत्र कारोबार हुनेछ।

यो कम्पनीले गत भदौ ४ गतेदेखि ८ गतेसम्म सार्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता आईपीओ बिक्री गरेको थियो।