काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका बैंकहरुमा लगानी गर्ने भएको छ।

बोर्ड आज बिहीबार एक सूचना जारी गर्दै बोर्डमा रहेको लगानीयोग्य रकम ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७ बमोजिम बैंकहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागिएको जनाएको छ। यस्तो लगानी महिनाका लागि हुने पनि बोर्ड स्पष्ट पारेको छ।

आफूले दिन सक्ने ब्याजदरसहित इच्छुक बैंकहरुले यो सूचना प्रकाशित भएको ३ कार्यदिन अर्थात पुस १२ गतेसम्म कार्यालय समयभन्दा १ घन्टाअगाडि योग्यता खुल्ने आवश्यक कागजपत्रसहित तोकिएको मुद्दति खाता फाराम भरी सिलबन्दी प्रस्ताव बोर्डमा दर्ता गर्नुपर्नेछ। गोप्य सिलबन्दी सोही अन्तिम दिनको अपराह्न ४ः०५ बजे ललितपुरको जावलाखेलस्थित बोर्डको कार्यालयमा खोलिने पनि सूचनामा उल्लेख छ। लगानीसम्बन्धी अन्तिम निर्णय बोर्डमा रहने पनि प्रस्ट पारिएको छ। 

लगानीसम्बन्धी नीति तथा शिलबन्दी फाराम बोर्डको वेबसाइटमा राखिएको छ।