काठमाण्डौ । अन्ततः नेपाल धितोपत्र बोर्डको कार्यालय स्थानान्तरण भएको छ ।

हाल जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको बोर्डको कार्यालय पर्सि माघ १ गते बिहीबारबाट ललितपुरको खुमलटारस्थित एक्जोटिक ओरिएन्टल क्राफ्ट प्रालिको स्वामित्वमा रहेको भवनमा स्थानान्तरण हुने भएको हो ।

आगामी माघ १ गतेदेखि बोर्डको सम्पूर्ण कामकार्वाही उक्त नयाँ स्थानबाट हुने बोर्डले जनाएको छ ।