– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल धितोबत्र बोर्डले अहिले व्यवस्था हुँदै आएको आईपीओमा १० कित्ते प्रावधानमा पुनर्विचार गर्ने विषयमा अध्ययन थालेको छ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले हाल आईपीओमा १० कित्ता प्रावधानका विषयमा अध्ययनमात्र भइरहेका बताए। ‘यसलाई यथावत राख्ने वा नराख्ने विषयमा बोर्ड निर्णयमा पुगिसकेको छैन।’
बजारमा चलेको हल्लाजस्तै अहिले नै यो विषयमा पुनर्विचार भने हुने सम्भावना कम रहेको गिरीले स्पष्ट पारे। ‘बोर्डको अनुसन्धान विभागमार्फत अध्ययन भइरहेको छ’, उनले भने, ‘अध्ययन पूरा हुन र निक्र्यौलमा पुग्न १ वर्ष पनि लाग्न सक्छ।’
आईपीओमा १० कित्ता र आस्बाको ब्यबस्थाले अहिले गाउँगाउँ र दूरदराजमा साना तथा नयाँ लगानीकर्तालाई पुँजीबजारतिर आकर्षित भइरहेको उल्लेख गर्दै गिरीले भने, ‘जसका कारण यो प्रावधानको राम्रो पक्ष पनि देखिएको छ।’
बोर्डले आईपीओमा १० कित्ते प्रावधानका विषयमा पुनर्विचार गर्न अध्ययन गरिरहँदा आमलगानीकर्ताहरुबाट भने यस विषयमा मिश्रित प्रतिक्रिया आएका छन्।
लगानीकर्ता विष्णु घिमिरे यस विषयमा बोर्डले हचुवाका भरमा निर्णय गर्न नहुने बताउँछन्। ‘गहन अध्ययन हुन आवश्यक छ’, उनले भने, ‘आईपीओमा १० कित्ते प्रावधानकै कारण आफ्नो र परिवारको नाममा भर्नु त ठिकै हो तर अरुका र मृत्यु भइसकेका मान्छेको नाममा हाल्ने काम भने निकै घिनलाग्दो हर्कत हो, पहिला यसलाई रोक्नुपर्छ।’
यस किसिमका गतिविधि रोक्न सकिए १० कित्ताको प्रावधान ठिकै हुने घिमिरे बताउँछन्। ‘यो गलत कार्य रोक्नलाई पहिलाको व्यवस्था तथा बुक बिल्डिङ विधि पनि राम्रो हुन सक्छ’, उनले भने।
अर्का लगानीकर्ता दीनानाथ शर्माले आईपीओमा अहिलेको व्यवस्था राम्रै रहेको बताए। ‘यसको विशेषगरी विद्यार्थी तथा गृहणीलाई पनि आकर्षण गरिरहेको छ’, उनले भने, ‘यो प्रावधान बोर्डले हटाइहाल्नु हुँदैन।’
लगानीकर्ता लक्ष्मण गिरी पनि यो व्यवस्थालाई निरन्तरता दिने पक्षमा देखिन्छन्।
अर्की महिला लगानीकर्ता गंगा अधिकारीको मत भने फरक छ। उनले आईपीओमा न्यूनतम ५० कित्ताको व्यवस्था भए पर्नेलाई पनि राम्रै हुने तर्क गरिन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago