काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप ९ वटा कम्पनीलाई स्वीकृति प्रदान गरेको छ। 

धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न आइतबार सिद्धार्थ इन्स्योरेन्स, जय गणेश इन्भेस्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, जे–नेक्स इन्भेस्टमेन्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र नेपाल बैंकलाई स्वीकृति प्रदान गरेको हो। यीसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या ८३ पुगेको छ।

यसअघि बोर्डले ७४ वटा कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको छ।