काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कोरोना महामारीबीच जारी निषेधाज्ञाका बेला अत्यावश्यक पर्दा सेयर बेचेको रकम तत्काल लगानीकर्तालाई उपलब्ध गराउन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) निर्देशन दिएको छ।
बोर्डले आज धितोपत्र दलाल, मर्चेन्ट बैंकर र सम्बद्ध सबै पक्षहरुका लागि एक जरुरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। बोर्डले ससाना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधोपचारका लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न निर्देशन दिएको छ।
यसैगरी धितोपत्र बोर्डले सिस्टम सर्पोट र सूचना प्रविधिसम्बन्धी कार्य वर्क फ्रम होममार्फत सञ्चालन गर्न पनि निर्देशन दिएको छ। सिस्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन पनि निर्देशन दिएको छ।
लगानीकर्ताका गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेका कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोबाइल नम्बर उपलब्ध गराउन पनि बोर्डले निर्देशन दिएको छ।
बोर्डको निर्देशनमा जतिसक्दो संक्रमणको पहिचान हुन्छ, त्यति चाँडो उपचारमा सहज हुने हुँदा कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेसन हुने व्यवस्था गरी परीक्षण गराउने व्यवस्था गर्न पनि भनिएको छ।
नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेशअनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्न पनि धितोपत्र बोर्डले निर्देशन दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago