काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।
धितोपत्र बोर्डले आज एक सूचना प्रकाशित गरी बोर्डमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको छ। यस्तो लगानी ६ महिनाका लागि हुने पनि सूचनामा उल्लेख छ।
त्यसका लागि आफूले दिनसक्ने ब्याजदरसहित इच्छुक बैंकले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र धितोपत्र बोर्डमा सिलबन्दी प्रस्ताव दर्ता गर्नुपर्ने सूचनामा जनाइएको छ। त्यसका लागि बैंकहरुले योग्यता खुल्ने आवश्यक कागजातसहित तोकिएको मुद्दति खाता फाराम भरी बोर्डमा सिलबन्दी प्रस्ताव पेस गर्नुपर्ने हुन्छ।
सिलबन्दी प्रस्ताव पेस गर्ने अन्तिम दिन जेठ १६ गते नै साँझ ५ः०५ मा खोलिने धितोपत्र बोर्डले जनाएको छ। यदि उक्त दिन शनिबार परेमा भोलिपल्ट प्रस्ताव खोलिने पनि बोर्डले स्पष्ट पारेको छ।
लगानीसम्बन्धी अन्तिम निर्णय धितोपत्र बोर्डले नै लिने सूचनामा जनाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago