काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी साताभित्र सार्वजनिक गर्ने भएको छ। 

विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरी धितोपत्र बोर्ड व्यवस्थापन समितिले नीति तथा कार्यक्रम तयार पारिसकेको छ। उक्त नीति तथा कार्यक्रम व्यवस्थापन समितिले सञ्चालक समितिसमक्ष प्रस्तुत गर्नेछ। 

सञ्चालक समितिले उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्नेछ। त्यसपछि सञ्चालक समितिले नीति तथा कार्यक्रम पारित गर्नेछ। 

सञ्चालक समितिले पारितसँगै नीति तथा कार्यक्रम सार्वजनिक गरिने धितोपत्रका एक उच्च अधिकारीले जानकारी दिए। ‘सञ्चाल समितिले पारित गरेपछि आगामी साताभित्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्छौं’, ती अधिकारीले भने।