काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै २ लघुवित्त संस्थाले आवेदन दिएका छन्।
धितोपत्र बोर्डमा राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। यी दुवै लघुवित्तले कुल १३ करोड ७२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका हुन्।
राष्ट्र उत्थानले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैगरी जाल्पा सामुदायिक ५ करोड २२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा राष्ट्र उत्थानको एनआईबिएल एस क्यापिटल र जाल्पा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19