काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार गरिएको छ।
अध्यक्ष छनोट तथा सिफारिस समितिले धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी नयाँ कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधिमा अध्यक्ष उम्मेदवारको मूल्यांकनसम्बन्धी अंकभार तय गरिएको छ।
उम्मेदवारको मूल्यांकनसम्बन्धी समग्र अंकभार र सोको वर्गीकरण गरिएको छ। जसअनुसार शैक्षिक योग्यता, अनुभव र तालिम (५० अंक), व्यावसायिक कार्ययोजना (५० अंक), प्रस्तुतीकरण (३० अंक) र अन्तर्वार्ता (२० अंक) गरी कुल १५० अंक कायम गरिएको छ।
शैक्षिक योग्यता, अनुभव र तालिमको कुल ५० अंकमध्येृ शैक्षिक योग्यता तथा तालिमको २५ अंक र कार्यानुभवको २५ अंक कायम हुनेछ।
यसको गणना निम्नानुसार गरिएको छ–
सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि नयाँ अध्यक्ष नियुक्तिका लागि छनोट समितिले दुईपटक दरखास्त आह्वान गरिसकेको छ। पछिल्लोपटक गत पुस १५ गते अध्यक्ष पदका लागि दरखास्त खुलाइएको छ। जसमा १५ दिनभित्र इच्छुक उम्मेदवारलाई दरखास्त पेस गर्न भनिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19