काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएका छन्। 

यी दुवै लघुवित्तबीच आज बिहान मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त केही महिनाअघि सर्वसाधारणलाई आईपीओ बिक्री गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार थालेका छन्।

धौलागिरी राष्ट्रियस्तरको लघुवित्त संस्था हो। यसको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ। 

त्यस्तै खप्तड सुदूपश्चिम प्रदेश कार्यक्षेत्र रहेको लघुवित्त संस्था हो। यसको केन्द्रीय कार्यालय भने कैलालीको गोदाबरीमा रहेको छ। 

यसैबीच मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तले नेप्सेमा पत्र  पठाउँदै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेका छन्। अब नेप्सेको निर्णयबाट यी दुवै लघुवित्तको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिनेछ भने अन्य सेयरधनीहरुको सेयर कारोबार भने सुचारु नै रहनेछ।