काठमाण्डौ । नक्कली वित्तीय विवरण प्रकाशन गरी लगानीकर्तामा भ्रम छरेको भेटिएपछि सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडको माघ ९ गतेदेखि निश्कासन हुने भनिएको आइपीओ स्थगन भएको छ ।
कम्पनीले आइपीओ जारी गर्नका लागि प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख बित्तीय विवरणमा छलछाम गरी भ्रम छरिएको उल्लेख गर्दै नेपाल राष्ट्रबैंकको निर्देशनमा धितोपत्र बोर्डले आइपीओ स्थगन गरिदिएको हो ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङका अनुसार बोर्डको अर्को सूचना नआएसम्म आइपीओ स्थगित गरिएको हो ।
सामुदायिक लघुवित्तले ३ करोड रुपैयाँ बराबर प्रति शेयर रु. १०० अङ्कित दरको ३ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्न खोजेको थियो ।
स्रोतका अनुसार कम्पनीले प्रकाशित गरेको बित्तीय विवरणको बिषयमा एक संचालकले गोप्य उजुरी दिएपछि त्यसको आधारमा नेपाल राष्ट्रबैंकले स्थलगत अनुगमन गरेको थियो । सो क्रममा समेत बित्तीय विवरणमा छलछाम भएको, संस्थागत सुशासन कमजोर बनी कम्पनी नै धराशायी बनेको फेला परेको थियो । धराप कम्पनीलाई तत्काल आइपीओ निश्कासनको अनुमति दिंदा लगानीकर्ता फस्ने भएकोले तत्कालका लागि रोकिएको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago