काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवलको ड्राइभर टोल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट छन्।
नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा ती ६ जना कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुसँग प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago