काठमाण्डौ । व्यापार विस्तारमा अब्बल नबिल बैंकले कात्तिक ३ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरिसकेको छ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनामाथिको निक्षेपमा ९.३६ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। एक वर्षको सञ्चयी मुद्दति निक्षेपमा भने बैंकले ८.५१ प्रतिशत ब्याज दिने भएको छ।
संस्थागत र कर्पोरेट प्रिमियमतर्फको ३ महिनामाथिको मुद्दति निक्षेपमा बैंकले ८.३६ प्रतिशत ब्याज तोकेको छ।
अन्य सामान्य निक्षेपमा भने बैंकले ४.६ प्रतिशत ब्याजदर तोकेको छ।
यसैगरी नबिल सेयरहोल्डर्स सेभिङ्स अकाउन्ट र नबिल प्रिमियम पेरोल सेभिङ्स अकाउन्टमा ४.८६ प्रतिशत, कर्पोरेट प्रिमियम सेभिङ्समा ५.३६ प्रतिशत, नबिल गोल्ड सेभिङ्स अकाउन्ट र कर्पोरेट सुपर सेभिङ्समा ६.३६ प्रतिशत ब्याज बैंकले उपलब्ध गराउने भएको छ।
कर्जातर्फ भने बैंकले ऊर्जा र कृषि क्षेत्रमा कर्पोरेट ग्राहकहरुलाई आधार दरमा १.५ प्रतिशत देखि ५ प्रतिशत प्रिमियम जोडेर तथा एसएमई ग्राहकहरुलाई २.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराउने भएको छ।
यसैगरी बैंकले अटो लोन निजी प्रयोजनका लागि ३ प्रतिशतदेखि ७ प्रतिशत प्रिमियममा र व्यावसायिक प्रयोजनका लागि ४ प्रतिशतदेखि ७ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ। ट्याक्टर लोन पनि ४ प्रतिशतदेखि ७ प्रतिशत तथा इलेक्ट्रिक भेइकल लोन ३ प्रतिशतदेखि ७ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ।
शैक्षिक कर्जा, पर्सनल ओभरड्राफ्ट, नबिल पर्सनल लोन, नबिल सहयात्री लोन र नबिल फोन लोन बैंकले ३ प्रतिशतदेखि ७ प्रतिशतसम्मको प्रिमियममा दिने भएको छ। कर्पोरेट इम्प्लोइज लोन भने बैंक अधिकतम ७ प्रतिशत प्रिमियममा उपलब्ध गराउनेछ।
बैंकको आधार दर ६.११ प्रतिशत रहेको छ।
स्थिर ब्याजदरअन्तर्गत बैंकले अधिकत ५ वर्ष अवधिको हाउजिङ लोन १२ प्रतिशतमा, अन्य रिटेल लोन १२.५ प्रतिशतमा र अटो लोन १०.९९ प्रतिशतमा उपलब्ध गराउनेछ।
यसैगरी स्थिरत ब्याजदरअन्तर्गत नै बैंकले ५ वर्षमाथि ७ वर्षसम्मका लागि अटो लोन १२ प्रतिशतमा उपलब्ध गराउने छ।
बैंकले ५ वर्षमाथि १० वर्षसम्म र १० वर्षमाथि १५ वर्षसम्मको हाउजिङ लोन क्रमशः १२.५ प्रतिशत र १२.९९ प्रतिशतको स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ।
सर्टटर्म लोनअन्तर्गत विभिन्न कर्जा बैंकले न्यूनतम २ प्रतिशतदेखि अधिकृतम ७ प्रतिशत प्रिमियममा उपलब्ध गराइने जनाएको छ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago