विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो।
पछिल्लो १० वर्षमा छैटौँपटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैकले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्ना तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको छ। विभिन्न बैंकिङ गतिविधिहरुको सुरुआत गरेको नबिल बैंकले अर्थ व्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवन यापन र उनीहरुको आर्थिक वृद्धिमा समेत व्यापक पहुँच पुर्याइरहेको छ।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैंकको कुल पुँजीको १.१६ गुणा बढी हो।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८९ एटीएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19